भक्तपुर–नगरकोट सडक विस्तारः दुईवर्षे ठेक्का ६ वर्षमा पनि सकिएन
दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको आइतबार गरेको स्थलगत अवलोकनपछि आयोजित अन्तत्र्रिmयामा स्थानीयले ठेकेदारमाथि कारबाहीको माग गरे।
स्थानीयबाट गठित सडक निर्माण दबाब समूहका अध्यक्ष राजकुमार लामिछानेले दुई वर्षको ठेक्का ६ वर्षमा पनि नसकेको भन्दै ठेकेदारमाथि कारबाहीको माग गरेका हुन्। यो सडक विस्तारको यसअघि पनि पटकपटक अनुगमन भएको बताउँदै उनले थपे, ‘अनुगमनको प्रतिवेदन बने पनि त्यत्तिकै थन्किने गरेका छन्।’
भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक विस्तार ६० प्रतिशत सकिएको दाबी गरे पनि अहिलेसम्म तीन किलोमिटरमात्रै कालोपत्रे गरिएको छ। कालोपत्रे गरिएको सडक पनि निर्माणाधीन सडकजस्तै खाल्डाखुल्डी भएर हिलाम्य छ। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडक निर्माण आर्थिक वर्ष २०७२/७३ भित्र सम्पन्न गर्ने योजना थियो। यो समाचार आजको नागरिक दैनिकमा कृष्ण किसीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण