सुष्मिता सेनका भाइ बुहारीको हनिमुनबाट फर्किएलगत्तै खटपट ? लेखियो, ‘जब मौनता बोल्न थाल्यो तब बबाल भयो’
बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो समयमा यी दुईबीच खटपट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुष्मिताकी बुहारीले कविता शैलीमा आफू र श्रीमानको सम्बन्धबारे लेखेकी छिन्, ‘चुप हुँदा जिन्दगी उत्कृष्ट तरिकाले बितिरहेको थियो, जब मौनता बोल्न थाल्यो तब बबाल भयो ।’
यतिमात्र होइन, सुष्मिताका भाइ राजीव र चारुले इन्स्टाग्राममा एक–अर्कालाई अनफलो पनि गरेका छन् । यी दुईले एक अर्कालाई हेर्न पनि नचाहेको भारतीय संचारमाध्यमले लेखेका छन् । यी दुईले विवाहको डेढ महिनाभित्रै आफ्नो सोसल अकाउन्टबाट एक–अर्काको तस्बिर हटाएका छन् । दुबैले हालै आफ्नो प्रोफाइल फोटोमा विवाहको फोटो हटाएर सिंगल फोटो राखेका छन् ।
यसै वर्ष जून १६ मा भएको थियो विवाहः
सुष्मिताका भाइ राजीवले डेढ महिनाअघि मात्रै टिभीकी नायिका चारु असोपासँग विवाह गरेका थिए । त्यसपछि यी दुई हनिमुनमा गएका थिए । दुबैको हनिमुनका तस्बिर सोसल मिडियामा निकै भाइरल भयो । तर अचानक यी दुईबीच अचम्मको दुरी पैदा भयो ।
विवाहबारे सोध्ने सबैलाई ब्लक गरिरहेका छन् राजीवः
दुबैको सम्बन्धबारे धेरैले चासो व्यक्त गरिरहेका छन् । राजिवलाई केही प्रशंसकले उनीहरुको विवाहबारे सोध्न सुरु गरेका छन् । केही रिपोर्टले यो पनि दाबी गरिरहेको छ कि राजीवलाई विवाहबारे प्रश्न सोध्ने व्यक्तिलाई उनले तत्काल ब्लक गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण