सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

शनिबार, १८ साउन २०७६, ०७ : २५
शनिबार, १८ साउन २०७६

शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरु लिन स्थानीय तहहरुले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता दिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो ।
 
संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्र माहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापना, एसईई तथा ११ र १२ को परीक्षा सञ्चालन जिम्मेवारी दिइएको छ । एकाइमा सामुदायिक र संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीको अभिलेख राखिएको छ । 

एकाइले शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सेवा आयोगले लिने परीक्षा सञ्चालन, अन्तर्वार्ता, नियुक्ती उपादान, राजीनामा, पेन्सनपट्टा, सरुवा र वढुवाका प्रक्रिया पूरा गर्दै आएको छ । 

‘शिक्षक भर्ना प्रक्रियाप्रति स्थानीयतहका जनप्रतिनिधिहरुको असन्तुष्टि छ’, एकाइका एक प्रमुखले भने,‘ कानुनी आधार स्पष्ट हुन नसक्दा स्थानीय तहहरुले एकाइको अस्तित्व स्वीकारेका छैनन् ।’ यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप