थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै १ लाख ठगी गर्ने पक्राउ
शनिबार, १८ साउन २०७६, १६ : १३
काठमाडौं । थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका वडा नं ३ बस्ने ३४ वर्षीय प्रविण कुमार लाभ रहेका छन् ।
आकिव जावेद, यम दादुल मोमिन, सगिर शेखबिरुद्ध ठगी मुद्दामा महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा थुनामा राखी अनुसन्धान भईरहेको अवस्थामा लाभले उनीहरुलाई छुटाइदिन्छु भन्दै पैसा ठगी गरेका थिए ।
लाभले जनकपुर उपमहानगरपालिका वडा नं.२ स्थायी घर भएका मोहम्मद आर्फिन अलिनसँग बानेश्वरर स्थित मुड क्याफेमा भेटी एक लाख लिएका थिए।
लाभलाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण