बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पिङ्ग खेल्दा खेल्दै  डोरी बेरिएर बालिकाको मृत्यु

शनिबार, १८ साउन २०७६, १६ : ४७
शनिबार, १८ साउन २०७६

बुटवल । गुल्मीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिका गम्भीर  घाइते भएको  र उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको एसपी बस्नेतले बताए ।

बालिकाको शवलाई पोष्टमार्टमका लागि  शनिवार विहान सदरमुकाम तम्घास ल्याइएको छ ।  स्मरण रहोस एक वर्षअघि गुल्मीमै मोटरसाइकलमा सवार एक युवती आफैले पहिरिएको सल मोटरसाइकलको चेनले घाँटीमा बेरिँदा ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप