मोबाइलबाट धम्क्याई लाखौँ रकम माग गर्ने पक्राउ
आइतबार, १९ साउन २०७६, १४ : ०५
काठमाडौँ । मोबाइल फोनबाट धम्क्याई लाखौँ रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले फोनबाट विभिन्न व्यक्तिसँग धम्काउँदै ७५ लाख रुपैयाँ माग गरेका थिए । यसका लागि गिरीले नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गर्ने गरेका थिए ।
गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो ।
गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण