होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा, दुई जना पक्राउ
आइतबार, १९ साउन २०७६, १४ : ११
सुनसरी । होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारेर दुई किशोरीलाई यौनधन्दा गराएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर फिदिम फलैचा–८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका–१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
दुई जनाले मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई ईटहरी उपमहानगरपालिका–६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराउँदै आएका थिए ।
प्रलोभनमा पारी यौनधन्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण