संसद बैठक खुलाउने प्रयास जारी, ११ बजेको बैठक १ बजेलाई सारियो
काठमाडौँ– अवरुद्ध संसद खुलाउन सभामुख र दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल जारी छ । यसअघि भएका छलफलमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।
सहमति नजुटेकै कारण सोमबार ११ बजेका लागि वोलाइएको संसद बैठक १ बजेसम्मलाई सारिएको छ । अवरुद्ध संसद खुलाउन दलहरुबीच छलफल जारी रहेकाले ११ बजेको बैठक बस्न नसकेको संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।
सर्लाही घटनालाई लिएर संसदीय छानविन समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षबीच विवाद रहदै आएको छ । प्रतिपक्षले सर्लाहीका दुवै घटनाका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै संसद बैठक असार २४ यता अवरुद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्ष काँग्रेस र राजपा नेपालले सर्लाहीमा भएका छुट्टाछुट्टै घटना(कुमार पौडेलको हत्या र सरोजनारायण सिंहको मृत्यु) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै आएका छन् ।
नेत्रविक्रम चन्द विप्लव समुहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ज्यान गएको थियो ।
सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानविन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण