दलहरुबीच विशेष समिति गठन गर्ने सहमति, अवरुद्ध संसद खुल्ने
सोमबार, २० साउन २०७६, १३ : ५९
काठमाडौँ– अवरुद्ध संसद खोल्न विपक्षी दल काँग्रेस र राजपा नेपाल सहमत भएका छन् । सोमबार झण्डै ३ घण्टा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र सदनलाई प्रभावकारी संसदीय विशेष समिति गठन गर्ने निर्णयमा पुगेपछि अवरुद्ध संसद खुल्ने भएको हो ।
विगतका घटनालाई लिएर र आगामी दिनमा समेत संसदमा गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने दलहरुबीच सहमति बनेको हो । विशेष समितिको संयोजकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहने भएका छन् ।
दलहरुबीचको यो सहमतिपछि आजै बस्ने संसद बैठकमा सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभा नियामावली २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहने सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण