जनकपुरबाट आन्तरिक राजस्व कार्यालय नसार्न व्यवासायीहरुको चेतावनी
जनकपुरको आन्तरिक राजस्व कार्यालय सार्न षड्यन्त्र भइरहेको भन्दै व्यवसायीहरुले ज्ञापनपत्र बुझाएको छ । जनकपुर उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय नसार्न र यथास्थानमै राख्न माग गर्दै सोमबार जिल्ला प्रशासन कर्यालय धनुषा मार्फत संघिय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र महासेठको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा व्यापार व्यवसायीलाई आवश्यक सेवा नदिएको भन्दै कर चुक्ता, खाता प्रमाणित जस्ता कार्यहरु विगतका वर्षहरुमा दिँदै आएको भएपनि अब आएर जनकपुर आन्तरिक राजस्व कार्यालयको अधिकार सिमित गर्न खोजिएको उल्लेख भएको छ ।
जनकपुर आन्तरिक राजस्व कार्यालय जस्तै बर्दिवास सेवा कार्यालयलाई पनि समान हैसियत दिन खोजेको भन्दै तत्काल कार्यालयको सार्ने काम बन्द गर्नुपर्नेमा जोड दिएको हो ।
जनकपुरको अधिकार संकुचित बनाएर कार्यालयको सेवा केन्द्रलाई दिने निर्णय भयो भने त्यसको सशक्त विरोध हुने गर्ने व्यवसायीहरुले सरोकारबला निकायलाई सचेत गराएको छ ।
कार्यालय अर्को ठाउँमा लग्यो भने व्यवसायीहरु कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । त्यस्तै कार्यालय सारेमा त्यसबाट हुने क्षतीको जिम्मा स्वयं सरकारले लिनु पर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण