यी अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य बढेको बढ्यै, अझै बढ्न सक्ने
सुनको मूल्य लगातार बढिरहेको छ । मंगलबार सुन प्रतितोला ६८ हजार रुपैयाँ पुगेको छ । सोमबार ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा दुइ सय रुपैयाँले बढेको हो ।
सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणीरत्न शाक्य अन्तर्राष्ट्रिय धेरै कारणले सुनको मूल्य बढेको बताउँछन् । उनका अनुसार हरेक दिन सुनतर्फ लगानी आकर्षित हुनुका पछाडि नयाँ–नयाँ कारण थपिएको छ । शाक्यका अनुसार फेडेरल रिजर्भ बैङ्कले ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेपछि बैङ्कको निक्षेप सुन लगानीतर्फ आकर्षित भएको हो ।
अर्कोतर्फ अमेरीका र चीनको ब्यापार युद्धले पनि सुनको मूल्य आकाशिएको छ । अमेरीकाले चीनबाट आयात हुने ३ सय बिलियन डलरको सामानमा १० प्रतिशत अतिरिक्त मूल्य बढाएको छ । अमेरिकामा आफ्नै सामान धेरै भएका कारण आयातमा कडाइ गरेको छ । यस्तै विश्व बजारमा सेयर बजार पनि खस्किएको छ । सेयरको लगानी पनि सुनतर्फ आकर्षित भएको छ ।
यता, भारत र पाकिस्तानको विवादले भारतीय मुद्रा कमजोर भएको छ जसको असर नेपाली मुद्रामा परेको छ । अर्कोतर्फ जर्मनको अर्थतन्त्र खस्किदै गएको छ । त्यहाँको ऋणपत्रमा असर पुगेको छ ।
पछिल्लो समय अमेरिका र उत्तर कोरिायको विवाद पनि पेचिलो बन्दै गएको छ । यस्ता विश्वमा भएको ठूल्ठुला उथलपुथलले एक ठाउँमा भएको लगानी अन्ततिर डाइभर्ट हुन थाल्छ । अहिले त्यस्तो लगानी सुनतर्फ डाइभर्ट भएको शाक्य बताउँछन् । जबसम्म ठूला— ठूला मुलुकको विवाद र द्वन्द्व साम्य हुँदैन तबसम्म सुनमा लगानी आकर्षित भइरहन्छ । अझै सुनको मूल्य बढ्न सक्ने शाक्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण