सञ्चारमन्त्रीको आग्रह – राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस्
जनकपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार पाँच वर्षसम्म परिवर्तन नहुने बताएका छन् । मङ्गलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकार प्रगति, अग्रगति र सामाजिक न्यायलाई विशेष मुद्दा बनाइसकेको कारण अबको पाँच वर्षसम्म सरकारले विकासलाई मुख्यकेन्द्र बनाएर अघि बढ्ने दाबी गरे ।
उनले संघ, प्रदेश र स्थानीय सरकारले चुनावमा गरेका वाचा पूरा गर्नुपर्ने भन्दै प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र बसेर काम गरे हरेक क्षेत्रको विकास तीव्र ढङ्गले हुने बताए ।
संविधान संशोधनका बारेमा मन्त्री बाँस्कोटाले औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने बताए । ‘संविधान कुनै गीता, रामायण वा कुनै धर्म ग्रन्थ नरहेकोले यी कुराहरु पुष्टी भए सरकार जतिबेला पनि संविधान संशोधनका लागि तयार हुन्छ,’ मन्त्री बाँस्कोटाको भनाई छ ।
उनले सरकारलाई जबसम्म संविधान संशोधन गर्नुपर्ने आवश्यकता लाग्दैन, तबसम्म संविधान संशोधन नहुने स्पष्ट पारे ।
उनले बजेटको समयमै सदूपयोग गर्ने वाध्यात्मक व्यवस्था रहेकोले यस वर्षबाट विकास निर्माणका कार्यहरुले गति लिने विश्वास व्यक्त गरे ।
नेपाल सरकारका सबै मन्त्रीहरुले कार्य सम्पादनका लागि सम्झौता गरेकोले ती मन्त्रीहरुले गर्ने कार्यको मूल्याङ्कन नेपाली जनताले गर्ने उनको भनाई थियो । उनले संघ सरकारले प्रदेश नम्बर दुईको विकासका लागि सबैभन्दा धेरै परियोजनाहरु सञ्चालनमा ल्याएको बताए ।
उनले प्रदेश नम्बर दुईमा नेपाल रेल्वे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोर लगायतका परियोजनाहरु सञ्चालनमा ल्याएको जानकारी दिए ।
फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई पूर्वाग्रही भएर कलम नचलाउन आग्रह गरे । ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस् । तर, तथ्यपरक हिसाबले मात्रै समाचार सम्प्रेषण गर्नुस्,’ उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण