बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेकपा र काँग्रेसका नेताहरु समाजवादी पार्टीमा प्रवेश

मङ्गलबार, २१ साउन २०७६, १३ : ५३
मङ्गलबार, २१ साउन २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा मङ्गलबार आयोजित पार्टी प्रवेश समारोहमा काँग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा नेता कार्यकर्ता काँग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा सदानन्द पाठक, दिपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, इन्दिरा शाक्य लगायतका रहेको समाजवादी पार्टीले जनाएको छ ।

नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।

नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेका उनीहरु बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप