राष्ट्र बैङ्कको सर्कुलर जसले प्राइम बैङ्कको सिइओ र नबिल/एभरेष्टको अध्यक्षको पद खुस्क्यो
नेपाल राष्ट्र बैङ्कको सोमबार आएको एउटा सर्कुलरले बैङ्कका सिइओ र सञ्चालकको हल्लीचल्ली मच्चाएको छ ।
६५ वर्ष उमेर पुगेका सिइओ हुन नपाउने र ७० वर्ष उमेर पुगेका सञ्चालक हुन नपाउने व्यवस्थाले केही सिइओ र अध्यक्षको जागिर नै गुमेको छ ।
प्राइम कर्मसियल बैङ्कका सिइओ नारायणदास मानन्धर जो केही दिन अघि (साउन १७) मात्र चौथौ कार्यकालका लागि प्राइम कर्मसियल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । राष्ट्र बैङ्कको निर्देशनसँगै उनको जागिर स्वत्तः गएको छ ।
मौद्रिक नीतिका यी व्यवस्था आजबाट लागू : ५० लाखको कर्जामा प्यान अनिवार्यदेखि सीईओको उमेर हदसम्म
६५ वर्ष उमेर हद भएपनि बहालवाला भए ६९ वर्षभन्दा बढी रहन नपाउने व्यवस्थाले ७० वर्ष कटेका मानन्धर सिइओबाट हात धुनुपर्ने अवस्था आएको छ ।
यता नबिल बैङ्क र एभरेष्ट बैङ्कका अध्यक्षलाई पनि राष्ट्र बैङ्कको सर्कुलरले नराम्रो झड्का दिएको छ । ७० वर्ष भन्दा बढी उमेरको व्यक्ति बैङ्कको अध्यक्ष हुन नपाउने र यदि बहालमा रहेको अवस्था भए ७४ वर्षसम्म रहन सक्ने व्यवस्थाले विके श्रेष्ठले पनि अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने अवस्था सृजना भएको छ । यस व्यवस्थाले नबिल बैङ्कका अध्यक्ष शम्भु पौडेल पनि स्वत्तः अवकाश पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण