जडिबुटी निकासीबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौँ– काँग्रेसले क्वारेन्टाइनको समस्याका कारण जडिवुटी निकासीमा आएको अवरोध अन्त्य गर्न संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ ।
रंगमती शाही प्रस्तावक रहेको उक्त प्रस्तावमा बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रशाइली स्नेही समर्थक रहेका छन् ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दर्ता गरेको प्रस्तावक शाहीले बताइन् ।
प्रस्तावमा नेपालको हिमाली तथा पहाडी भू–भाग जडिवुटी भण्डारको रुपमा रहेको छ तथा नेपाली नागरिकको ठूलो संख्याले जडिवुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख छ । त्यस्तै नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडिवुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिवुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडिवुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको उल्लेख छ ।
‘क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिवुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानआकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ’ प्रस्तावमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण