बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमलाई सुर्धान ‘सुधार समिति’ गठन

बुधबार, २२ साउन २०७६, १२ : ५७
बुधबार, २२ साउन २०७६

काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न ‘निगम सुधार समिति’ गठन गरेका छन् ।

मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यदेश पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप