कोकाकोलाको जिग्री बजारमा
काठमाडौं । कोकाकोलाले बजारमा नयाँ प्याक सार्वजनिक छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो ।
‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको नयाँ प्याक ल्याएको हो ।
उकाली ओराली, घुम्दा बस्दा र साथी भाइसँग रमाइलो गर्दा जहाँ पनि सजिलै राख्न, बोक्न र लिन सकिने गरी सानो आकारको बोतलमा कोकाकोला ल्याएको कम्पनीले बताएको छ ।
मूल्यका हिसाबले समेत मितव्ययी रहेको कम्पनीले दाबी गरेको छ । जिग्रीको मूल्य प्रति बोतल ४० रुपैयाँ राखिएको छ ।
‘चिसो भनेकै कोकाकोला’ नारामा बजारको अग्रपंक्तिमा रहेको कोकाकोलाले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै आफ्नो नयाँ प्याकेज सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण