इतिहास उल्ट्याउन प्रयास गर्नेहरुलाई फोहरको थुप्रोमा मिल्क्याइनेछ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् ।
सनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।
परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए ।
उनले भने, “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”
उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।
उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गरे । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण