संविधानको धारा ३७० को सन्दर्भमा राखीले मोदीलाई यस्तो भनेपछि ट्विटर अकाउन्ट बन्द
रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला विभागकी अध्यक्ष तथा बलिउड अभिनेत्री राखी सावन्त संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको बयानका कारण विवादमा आएकी छिन् ।
उनले जम्मू–कश्मीरको सम्बन्धमा मोदीलाई धन्यवाद दिँदै बनाएको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
उनले भनेकी छिन्, ‘मोदी जि धन्यवाद १ हाम्रो कानुन त्यहाँ लागू भएको छ । कश्मीर हाम्रो भएको छ । मलाई तपाईंप्रति गर्व छ । तपाईं एकदमै महान् हुनुहुन्छ ।’ उनले भिडियोमा नारा लगाउँदै भनेकी छिन्, ‘हाम्रा नेता कस्ता छन्, हाम्रा प्रधानमन्त्री कस्ता छन्, मोदी जी जस्ता छन्’ । उनले अगाडि भनेकी छिन्, ‘मोदी जी, तपाईं करोडौँ वर्षसम्म बाँचिरहनुहोस् । हामी सबै तपाईंकै सन्तान हौँ ।’
भिडियो बनाउँदै राखीले भनेकी छिन्, ‘म आफ्ना निर्देशक तथा प्रोड्युसरलाई धन्यवाद भन्न चाहान्छु । जसले मलाइृ धारा ३७० फिल्ममा लिएका छन् । फिल्मको शुटिङ कस्मिरमा, कुल्लुमा भइरहेको छ ।’ यद्यपि, भिडियो बनाउँदै गर्दा राखीले कुल्लु कस्मिरमा नभई हिमाञ्चल प्रदेशमा पर्ने कुरा बिर्सिएकी छिन् ।
राखीले उक्त भिडियो कारमा शुटिङ गरेकी थिइन् । ट्विटरले नियम तोडेको कारण उनको भिडियो सस्पेन्ड गरिदिएको छ ।
उनले भिडियोमा सिन्दुर र मंगलसुत्र लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण