अमरेश कुमार सिंहको आक्रोश : सरकार के भ्रष्टाचार गर्नका लागि मात्र हो ?
आइतबार, २६ साउन २०७६, १३ : ४८
आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले आक्रोस पोखेका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले शुक्रबार सर्लाहीको मलंगवाबाट आएको रात्रीबस बेनीघाटमा बस दुर्घटना हुँदा २५ जना बढी हराएको विषय उठाउदै सरकारले खोज र उद्धार गर्न नसकेको बताएका हुन् ।
उनले सरकारप्रति कटाक्ष गर्दै भने–‘यो देशमा सरकार छ कि छैन, सरकारले जनताको जिउ धनको सुरक्षा गर्न खोजेको हो कि हैन ? सरकार के भष्ट्रचार गर्नका लागि मात्र हो ? सडकमा सुरक्षा, रात्रीबसमा दुईजना चालक राख्ने कुरामा सरकार अहिले पनि गम्भीर हुन सकेको छैन । त्यो घटनामा परेको, वेपत्ता भएको व्यक्तिको शव निकाल्ने काम हुन सकेको छैन ?’
उनले दुर्घटनामा परेकाहरुको खोजविन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण