एएफसी फुटसल च्याम्पियनसिपः नेपालको पहिलो खेल ताजकिस्तानसँग
काठमाडौं–इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल नेपाल समूह ‘ए’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपाल सहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन । समुह ‘बी’ मा इरान, किर्गिस्तान र तुर्कमिनिस्तान रहेका छन् । अक्टोबर २३ देखि २५ तारिख सम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ताजिकिस्तान, २४ तारिखमा उज्वेकिस्तान र २५ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
छनोट प्रतियोगिताबाट शीर्ष टोली फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल फेब्रुअरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमिनिस्तानमा हुनेछ ।
यो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी छनोटका लागि खेलाडीको खुला आवेदन गरी आइतबारबाट खेलाडी छनोट सुरु गर्ने लागेको छ ।
छनोटमा परेका उत्कृष्ट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम तयारी गराउने पनि एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण