कोब्राले टोकेपछि रिसले टोकिदिए त्यसको गर्धन त्यसपछि....
भारतको हरियाणाको झज्जरमा एक व्यक्तिले मानिसहरुलाई सर्पको खेल देखाउँदा देखाउँदै टोकिदिए । सर्पको गर्धनमा टोकेका ती व्यक्तिको स्थिती बिग्रियो र अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो ।
वास्तवमा झज्जरको रायपुर गाउँमा एक मजदुरले मानिसहरुलाई सर्पसँगको खेल देखाइरहेका थिए । त्यतिबेला उनले सर्पलाई टोक्यो । त्यसको केही बेरमा उनको स्वास्थ्यस्थिती बिग्रिएपछि मानिसहरुले उनलाई अस्पताल भर्ना गरिदिए जहाँ उनको मृत्यु भयो ।
सर्प टोक्ने व्यक्तिको नाम राजु बताइएको छ र उनी मध्य प्रदेशको टीकमगढमा बासिन्दा बताइएको छ । ४५ वर्षीय राजु केही दिन अघि आफ्ना साथीसँग हरियाणामा मजदुरी गर्न पुगेका थिए । स्थानीयका अनुसार राजु एक निर्माण कम्पनीमा काम गर्दथे र निर्माण स्थलबाटै ६ फिट लामो कोब्रा समातेका थिए ।
राजुसँग सर्प देखेर उनका साथीहरु डराए । तर उनले निडर भएर हातमा सर्प समातेर आफूलाई डर नलाग्ने बताए र खेलिरहे ।
खेल्ने क्रममा सर्पले उनको हातमा डस्यो त्यसपछि राजूले आफूलाई केही पनि नहुने बताउँदै सर्पलाई टोक्न थाले । मरेको सर्पलाई उनले घाँटीमा बेरेर हिँडिरहेका थिए तर त्यसको केही बेरपछि नै उनको स्वास्थ्य बिग्रियो र बेहोस भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण