चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्।
ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ।
ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन। केही स्थानीयले घर नभत्काउँदा काम अघि बढ्न सकेको छैन।
समयमा ठेकेदारले काम नगर्दा धुलोबाट सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। सतुंगलमा पनि सडकको पिच उप्केको छ। त्यहाँ उड्ने धुलोले पनि यात्रु र स्थानीय आक्रान्त छन्।
चन्द्रगिरि नगरपालिका, वडा कार्यालय, सडक विभागलगायत निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ भने त्यहाँकै स्थानीयले घर नभत्काएकाले सडक निर्माण हुन नसकेको बताउँछन्।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण