विप्लव समूह परित्यागको घोषणा
रुकुम । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा सक्रिय रुपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरुले शुत्रबmार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् ।
सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आएका २५ वर्षीय बालकुमार बुढा रहेका छन् ।
उनीहरुले विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष सो समूहसँगका सबै नाता टुटाई आगामी दिनमा कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राम्रो काम गरेर सरलजीवन जिउनका लागि चारै जनालाई भूमे–४ का वडाध्यक्ष चङ्ख बुढामगर लगायतको रोहबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण