राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?
प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।
कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।
त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।
यस्तो छ तलबमानः
आईजीपी–६०,६८० । एआईजी–६०,६८०
रथी–६२,५४० । सचिव –६०, ६८०
स.रथी/डीआईजी–५१,००० । सहसचिव–४७,३८०
प्रमुख सेनानी/प्रहरी उपरिक्षक–४३,६४० । उपसचिव–४०, ३८० ।
सहसेनानी –३९,०५० । शाखा अधिकृत –३५,९९०
यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण