रियलको सुखद सुरुवात
१० खेलाडीमा समेटिएको रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । रियलले शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोलले हरायो ।
सेल्टा भिगोको मैदानमा रियललाई जिताउन करिम बेन्जेमा, टोनी क्रुस र लुकास भाजक्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वना गोल फर्काएका थिए । रियलले १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । बेन्जेमाले ग्यारेथ बेलको पासमा गोल गरेका थिए ।
रियाल दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । ५६औं मिनेटमा मिडफिल्डर लुका मोड्रिच सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । डेनिस सुआरेजलाई फल हानेपछि रेफ्रीले भिएआरको सहायतामा मोड्रिचलाई रातो कार्ड दिएका थिए । ६०औं मिनेटमा रियलका अल्भारो ओर्डिजोलाको हेड प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ६१औं मिनेटमा टोनी क्रुसले सानदार गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । उनले मार्सेलोको पासमा करिव ४० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि ८०औं मिनेटमा वैकल्पिक खेलाडी लुकास भाजक्वेजले अर्को गोल गरे । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । भाजक्वेज ६९औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका गरेका थिए । खेलभर रियलको दबाब झेलेको सेल्टा भिगोले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । इकरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्दै रियलको गोलअन्तर कम बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण