नगरकोटमा अतिक्रमित घरटहरा भत्काउँदा तनाव (भिडियोमा हेर्नुहोस्)
आइतबार, ०१ भदौ २०७६, १२ : ५४
भक्तपुर– नगरकोटमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने क्रममा केहीबेर तनाव भएको छ ।
स्थानीयले घरटहरा हटाएको विरोधमा टायर बालेर प्रदर्शन समेत गरे । स्थानीयको विरोधकबीच सो क्षेत्रमा अवैधानिक रुपमा बनाइएका घरटहरा प्रहरी प्रशासनले भत्काएको हो ।
जिल्ला वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए ।
भक्तपुरको चागुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिव तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ । पहिलो चरणमा भक्तपुर र दोस्रो चरणमा काभ्रेतर्फका भौतिक संरचना भत्काउने वन कार्यालयको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण