१६ लाख रुपैयाँ लुटियो भन्दै घरमा लुकाउने पक्राउ
आइतबार, ०१ भदौ २०७६, १७ : ०१
काठमाडौँ । १६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने एक युवा उक्त रकमसहित पक्राउ परेका छन् ।
न्युरोडका व्यवसायी दीपक गोयलले आइतबार आफ्नै कामदार भारत घर भएका मनिष कुमार साहलाई बजारबाट उठेको रकम बैैङ्कमा जम्मा गर्न पठाएका थिए ।
तर, साहले उक्त रकम बैङ्कमा जम्मा गर्नुको साटो लुटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।
तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफू बस्ने कोठामा टिभी पछाडी लुकाएको बयान दिएका थिए ।
उनको बयानका आधारमा डल्लुस्थित साहको कोठामा प्रहरी पुगेर १६ लाख रुपैयाँ बरामद गरेको परिसरका प्रवक्ता होविन्द्र वोगटीले रातोपाटीलाई बताए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण