श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त
सोमबार, ०२ भदौ २०७६, २३ : ४४
कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका छन् ।
सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औ सेनाप्रमुख भएका छन् ।सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति रहेका थिए । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका थिए ।
प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ । -सिन्ह्वा/photo-Economynext.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्
-
एटीएस ब्रान्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा
-
‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा
-
पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास
-
मीनबहादुर गुरुङद्वारा अस्पताल बनाउन ४१ करोड सहयोग
-
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा