श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त
सोमबार, ०२ भदौ २०७६, २३ : ४४
कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका छन् ।
सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औ सेनाप्रमुख भएका छन् ।सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति रहेका थिए । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका थिए ।
प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ । -सिन्ह्वा/photo-Economynext.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण