अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब भइसक्यो
भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका हुन् ।
७६ वर्ष पुगिसकेका अमिताभ बच्चन एक च्यानलको कार्यक्रममा उपस्थित थिए । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’
स्मरण रहोस्, अमिताभ बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
यसरी बित्यो कतारी राजा शेखको नेपालमा २२ घण्टा
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ