अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब भइसक्यो
भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका हुन् ।
७६ वर्ष पुगिसकेका अमिताभ बच्चन एक च्यानलको कार्यक्रममा उपस्थित थिए । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’
स्मरण रहोस्, अमिताभ बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण