सत्तारुढ सांसदको प्रश्न : काठमाडौँमा राँगाभैसी कहाँबाट आउछन् ?
काठमाडौँ–सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।
उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैसी नभित्रिएपनि काठमाडौँमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको दावी गरे ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘काठमाडौंमा ममचा छोयलको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’
उनले वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिगान पुछेर पठाउथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडाँैमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ ।
पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कैयौँ जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पुर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण