स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिए ।
कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका छन् । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ ।
त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेका छन् ।
समितिलाई दुई महीनाको समयसीमाभित्र पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी केसीले आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताए ।
आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने पनि उनले जानकारी दिए । “पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ”, उनले भने, “पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिनेछ ।”
पाठ्यपुस्तक निर्माणका लागि वडावडामा सुझावसमेत सङ्कलन गरिनेछ । महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७५० विद्यालय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण