कश्मीरको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लाने तयारीमा पाकिस्तान
पाकिस्तानले भारतले जम्मू कश्मीरको विशेष दर्जा अन्त्य गरेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लिएर जाने भएको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूज कुरेशीले यस्तो बताएका हुन् । उनले भने,‘ सैद्धान्तिक रुपमा कश्मीर मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लग्ने निर्णय गरिएको छ ।’
कुरेशीका अनुसार कानुनका पहलुलाई विचार गरेर यो फैसला गरिएको हो । पाकिस्तानी प्रधानमन्त्रीका सूचना सल्लाहकार फिरदौस आशिक अवानले सैद्धान्तिक रुपमा कश्मीर मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लान मन्त्री परिषदले अनुमती दिएको जानकारी दिए ।
विशेष रुपमा, कश्मीरमा भएको मानव अधिकार उलघंनका विषयलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय अदालतमा मुद्दा उठाइनेछ ।
चार दिन अघि मात्र, कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषद (यूएनएससी)को अनौपचारिक बैठक वहस भएको थियो ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठकपछि संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबद्दिनले मिडियासँग कुरा गर्दै संविधानको धारा ३७० सम्बन्धी मामिला पूर्णतया भारतको आन्तरिक मामिला भएको त्यसको कुनै वाह्य असर नभएको बताए ।
भारतका अनुसार जम्मू कश्मीरबाट कश्मीरको विशेष दर्जा हटाउने एउटा आन्तरिक मामिला थियो र यसको कुनै बाह्य प्रभाव परेको थिएन ।
यही महिनाको सुरुमा इमरान खानले पाकिस्तानको संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै पाकिस्तानले ‘संयुक्त राष्ट्र संघको सुरक्षा परिषददेखि विश्वका हरेक मञ्चमा कश्मीर मुद्दालाई उठाउने र अन्तराष्ट्रिय अदालतमा पनि लाने’ बताएका थिए ।
पाकिस्तानका पूर्व–विदेश मन्त्री शाह महमूद कुरेशीले शनिबार संचारकर्मीसँग बोल्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेहरुले आकार दिएको भारतको अन्त्य गरिदिएको बताएका थिए ।
भारतद्वारा जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले यो मुद्दाको चर्चाको लागि औपचारिक रुपमा संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालिन वैठकको आह्वान गरेको थियो ।
अगष्ट पाँचमा भारत सरकारले जम्मू कश्मीरसम्बन्धी भारतको संविधानमा रहेको धारा ३७० लाई अन्त्य गरिदिएको थियो । त्यसपछि प्रदेशलाई दुई वटा केन्द्र शासित प्रदेशमा विभाजन गरिएको थियो ।
भारतको उक्त कदमको विरोधमा पाकिस्तानले भारतसँगको कुटीतिक सम्बन्धको स्तर घटुवा गरेको थियो । सँगसँगै दुई देशबीच चल्ने सम्झौता एक्सप्रेस र थार एक्सप्रेस रेल सेवालाई बन्द गर्ने घोषणा गरेको थियो ।
त्यसबाहेक पनि पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण