अमेरिकाको टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड
वासिङ्टन– अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ ।
टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । अमेरिकी संचारमाध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकीलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो ।
दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए । अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण