झापामा करदाता बढे
झापा–झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।
कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।
चालू आर्थिक वर्षको साउन महीनामा मात्र व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या छ हजार ७३ थपिएको छ भने व्यावसायिक प्यान नम्बर लिने ९२५ थपिएका छन् । झापाको माईपूर्व क्षेत्र, इलाम, ताप्जेजुङ र पाँचथरका सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् । दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले माईपश्चिम पाँच स्थानीय तहमा सेवा पु¥याउँदै आएको छ ।
भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको सङ्ख्या ३१ हजार ६४० रहेको छ । झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको सङ्ख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार झापामा जम्मा करदाता ८८ हजार ९८१ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण