झापामा करदाता बढे
झापा–झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।
कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।
चालू आर्थिक वर्षको साउन महीनामा मात्र व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या छ हजार ७३ थपिएको छ भने व्यावसायिक प्यान नम्बर लिने ९२५ थपिएका छन् । झापाको माईपूर्व क्षेत्र, इलाम, ताप्जेजुङ र पाँचथरका सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् । दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले माईपश्चिम पाँच स्थानीय तहमा सेवा पु¥याउँदै आएको छ ।
भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको सङ्ख्या ३१ हजार ६४० रहेको छ । झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको सङ्ख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार झापामा जम्मा करदाता ८८ हजार ९८१ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य
-
लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट
-
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी
-
९ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, काठेपुल बनाएर मोटर तार्छन् मनाङी
-
लिफ्ट भत्किएर खानीमा फसेका १४ जनाको सकुशल उद्धार
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते