विश्वको ध्यान तानेको अमेजन क्षेत्रको भीषण डढेलोबारे बोल्यो ब्राजिल
रियो दि जेनेरियो- ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन् ।
अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा चासो व्यक्त गरिएको चासोलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, “हाम्रा एकाईहरूले उक्त क्षेत्रमा डढेलो नियन्त्रणमा ल्याउन काम शुरू गरिसकेका छन् । अहिले जङ्गलमा आगो विश्वव्यापीरूपमा चर्चा गरिएजस्तो विकरालरूपमा फैलिएको छैन । डढेलोको वन क्षेत्रमा नभै स्थानीयद्वारा पहिल्यै फडानी गरिएको खाली क्षेत्रमा बढी प्रभाव परेको हो ।”
ब्राजिलमा यसबर्ष औषत सङ्ख्यामा नै डढेलोका घटना भएका राष्ट्रपतिले बताएका छन् । उनले भने, “विगत केही बर्ष यता हेर्दा यस बर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ ।”
“विश्व समुदायको ध्यानाकर्षण भएको जङ्गल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ ।”
यद्यपि ब्राजिलको नेशनल इन्स्टिच्युट फर स्पेश रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औषत धेरै बर्षा हुने घना जङ्गलमा लागेको पाइएको उल्लेख छ ।
अमेजनको अत्यधिक बर्षा हुने जङ्गलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ । बाँकी ५५ लाख वर्गकिलोमिटर जङ्गल दक्षिण अमेरिकामा पर्छ । अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण