टीभी सीरिज ‘फस्र्ट लेडिज’ मा मिशेल ओबामा बन्दै विओला डेविस
बुधबार, ११ भदौ २०७६, ०९ : २५
हलिउड टेलिभिजन सीरिज ‘फस्र्ट लेडिज’ मा मिशेल ओबामाको भूमिकामा ओस्कार विजेता अभिनेत्री विओला डेविसले निभाउने भएकी छिन् ।
विओलाले ट्विटरमा यसबारे जानकारी दिएकी छिन् । यो टेलिभिजन सीरिज अमेरिकाकी फस्र्ट लेडिजको व्यक्तिगत र राजनीतिक जीवनमा आधारित हुनेछ । यसको पहिलो सिजन एलेनर रुसेल्ट, छोरी फोर्ड र मिशेल ओबामामा आधारित हुनेछ ।
ओस्कार अवार्ड जितिसकेकी अभिनेत्री विओला नै उक्त सीरिजको प्रोड्युसर हुन् । यस शोमा तीन–तीन घण्टाको तीनवटा कहानी हुनेछ । उपन्यासकार एरान कुलेले यस शोको स्क्रीप्ट लेखेका हुन् ।
Proud to spotlight these brave, extraordinary women! #FirstLadies https://t.co/Q5WktTR4sX
— Viola Davis (@violadavis) August 26, 2019
मिशेल ओबामामा आधारित फिल्म यो भन्दा पहिले पनि बनिसकेको छ । तर टेलिभिजन सीरिज भने पहिलोपटक बन्न लोगेको हो । सन् २०१६ मा ‘साउथसाइड विद यू’ फिल्म बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण