कृषिलाई औद्योगिकीकरण गर्छौ: मुख्यमन्त्री पोखरेल
बुटवल– प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउने बताएका छन् । बुधवार गुल्मीको धुर्काेट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा भएको बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश ५ ले बनाएको दाबी गर्दै विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको समेत बताए । उनले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन बर्षभित्र आधारभूत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार पुर्याइदिने लगायतका योजना प्रदेश सरकारले अगाडी सारको बताए ।
उनले तम्घास सालझण्डी तम्घास सडक र स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको सुनाए । मुख्यमन्त्री पोखरेलले आगामी असार मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि उद्योग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए ।
धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । गत आर्थिक बर्षमा सुरू भएको भवन निर्माण कार्य यस आर्थिक बर्षमा सम्पन्न भई कार्यालय सञ्चालनमा ल्याइएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
उपप्रमुख शिबबहादुर खत्रीले अर्को प्रशासकिय भवन पनि निर्माणको अन्तिम चरणमा रहेको बताए । उद्घाटन कार्यक्रमकै अवसरमा जग्गादातालाई पनि सम्मान गरिएको थियो । गाउँपालिका भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण