भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्नु संवैधानिक त्रुटी : काँग्रेस
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।
कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमानै त्रुटीपूर्ण भएको ठहर काँग्रेसले गरेको छ । प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाए । उनले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह सम्मका लागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण