उपत्यका भित्रिने नाकामा ट्राफिक जनचेतनामूलक कक्षा
काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने काहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘उपत्यका भित्रिने प्रत्येक नाकामा कक्षा सञ्चालन गर्दा धेरै यात्रु तथा चालकलाई ट्राफिक जनचेतना हुने भएकाले उक्त अभियान सञ्चालन गर्न लागेका हौँ,’उनले भने ।
महाशाखाले थानकोट, जगाती, दक्षिणकाली र नागार्जुन नाकामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अडियो (जिङ्गल) बजाउने, यात्रुलाई पर्चा पम्प्लेट बाँड्ने तथा बसमा हर्न निषेधसम्बन्धी स्टिकर टाँस्नेछ ।
महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो । यस्तै, मादकपदार्थ सेवन र लेन अनुशासन नमान्ने सवारी साधनलाई कारवाही र ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
हाल दैनिक विभिन्न नाका हुँदै एक लाख व्यक्ति उपत्यका भित्रिने र ८० हजार हाराहारीमा मानिसहरु बाहिरिने गरेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण