८५ देशका खेलाडीसँग प्रतिस्पर्धा गर्न युरोप पुगे गुल्मीका खरेल
बुटवल। दक्षिण पूर्वी युरोपको बुल्गेरियास्थित पाल्मोदिया शहरमा अगष्ट २४ गतेदेखि अगष्ट ३१ सम्म चल्ने २१ औं आईटिएफ तेक्वन्दो विश्व प्रतियोगितामा गुल्मीका नवराज खरेल पुगेका छन् ।
विश्वका ८५ मुलुकका ५ सय जना खेलाडी सहभागि हुने उक्त प्रतियोगितामा नेपालबाट २३ जना खेलाडी मध्ये प्रदेश ५ बाट ४ जना खेलाडी पुगेका छन् । जसमध्ये रुपन्देहीबाट मोहन गाह, नवलपरासीबाट अमिर सेख, रुपन्देहीबाट आशिष थापा र गुल्मीबाट खरेल पुगेका हुन् ।
ब्ल्याक वेल्ट तेश्रो डन प्राप्त गरेका खरेल २०६५ साल देखि गुल्मीको सदरमुकाम तम्घासमा आईटिएफ तेक्वन्दो खेलको विकास गर्न प्रशिक्षकका रुपमा सक्रिय भएका हुन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ साराङमा जन्मिएका खरेल २०६४ सालदेखि उक्त खेलमा सहभागी भएका थिए ।
दोश्रो साउथ एशियाली अन्तराष्ट्रिय आईटिएफ तेक्वन्दो प्रतियोगितामा उनी स्वर्ण पदक विजेता हुन् । उनीबाटै प्रशिक्षण पाएकी गुल्मीको सीमा खासुले २०६७ सालमा धनगढीमा आयोजित छैठौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन् ।
युरोप पुगेका खरेलले भने–‘ म एउटा दुर्गम गाउँको मानिस विश्वस्तरको प्रतियोगितामा सहभागि हुन पाएकोमा हर्षविभोर भएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण