शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

८५ देशका खेलाडीसँग प्रतिस्पर्धा गर्न युरोप पुगे गुल्मीका खरेल

बिहीबार, १२ भदौ २०७६, ११ : १५
बिहीबार, १२ भदौ २०७६

बुटवल।   दक्षिण पूर्वी युरोपको बुल्गेरियास्थित पाल्मोदिया शहरमा अगष्ट २४ गतेदेखि अगष्ट ३१ सम्म चल्ने २१ औं आईटिएफ तेक्वन्दो विश्व प्रतियोगितामा गुल्मीका नवराज खरेल  पुगेका छन् ।

   विश्वका ८५ मुलुकका ५ सय जना खेलाडी सहभागि हुने उक्त प्रतियोगितामा   नेपालबाट २३ जना खेलाडी मध्ये प्रदेश ५ बाट ४ जना खेलाडी पुगेका छन् ।  जसमध्ये रुपन्देहीबाट मोहन गाह, नवलपरासीबाट अमिर सेख, रुपन्देहीबाट आशिष थापा र गुल्मीबाट खरेल पुगेका हुन् ।

   ब्ल्याक वेल्ट तेश्रो डन प्राप्त गरेका खरेल २०६५ साल देखि गुल्मीको सदरमुकाम तम्घासमा आईटिएफ तेक्वन्दो खेलको विकास गर्न  प्रशिक्षकका रुपमा सक्रिय भएका हुन् ।   गुल्मीको चन्द्रकोट गाउँपालिका–१ साराङमा जन्मिएका खरेल २०६४ सालदेखि उक्त खेलमा सहभागी भएका थिए ।

   दोश्रो साउथ एशियाली अन्तराष्ट्रिय आईटिएफ तेक्वन्दो प्रतियोगितामा उनी स्वर्ण पदक विजेता हुन् ।  उनीबाटै प्रशिक्षण पाएकी गुल्मीको सीमा खासुले २०६७ सालमा धनगढीमा आयोजित  छैठौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक  प्राप्त गर्न सफल भएकी थिइन् ।  

 युरोप पुगेका खरेलले भने–‘ म एउटा दुर्गम गाउँको मानिस विश्वस्तरको प्रतियोगितामा सहभागि हुन पाएकोमा हर्षविभोर भएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप