ठूलो संख्यामा गाई मृत भेटिएको प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण
शुक्रबार, १३ भदौ २०७६, २० : ०२
काठमाडौं – सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत भेटिएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गम्भीर ध्यानाकर्षण भएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन क्षेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय उल्लेख गरिएको छ ।
क्षेष्ठका अनुसार नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईमध्ये सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत र केही गाइहरु घाइते अवस्थामा भेटिएका थिए ।
राप्रपाले उक्त घटनाको तत्काल छानबिन गर्न माग गरेको छ । साथै नियतवशको कार्य गरिएको पाइए दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसंग जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण