मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ठूलो संख्यामा गाई मृत भेटिएको प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण

शुक्रबार, १३ भदौ २०७६, २० : ०२
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं – सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत भेटिएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गम्भीर ध्यानाकर्षण भएको छ । 

राप्रपा प्रचार विभाग प्रमुख मोहन क्षेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय उल्लेख गरिएको छ । 

क्षेष्ठका अनुसार नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईमध्ये सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत र केही गाइहरु घाइते अवस्थामा भेटिएका थिए ।

राप्रपाले उक्त घटनाको तत्काल छानबिन गर्न माग गरेको छ । साथै नियतवशको कार्य गरिएको पाइए दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसंग जोडदार माग गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप