एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा
पाँचथर । पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ ।
वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार गत आवमा समूह तथा सहकारीले सामुदायिक तथा कबुलियती वनमा ३५ हजार ८५० जडीबुटीका बिरुवा रोपेका छन् ।
जसमा लौठसल्ला २१ हजार ३००, सतुवा १३ हजार ५०, फालेविष ४००, वन लसुन ३००, खोकिम र विखमा चार÷चार सय छन् ।
यस्तै जिल्लाका कृषकले निजी जग्गामा ३७ हजार ७०० लौठसल्ला र सतुवाका बिरुवा रोपेका छन् । जसमा लौठसल्लाका बिरुवा छ हजार २०० छन् भने सतुवाका बिरुवा ३१ हजार ५०० छन् ।
काष्ठजन्य प्रजातिका ११ हजार २०० वटा बिरुवा एकै सामुदायिक वनमा रोपण गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।
फिदिम नगरपालिका वडा नं ३ र ५ तथा फाल्गुनन्द गाउँपालिका–२ मा पर्ने नाम्फुङ्यक सामुदायिक वनको सात हेक्टर जमीनमा चाप, लौठसल्ला, उत्तिस, पैयु र जापानिज सल्लाका विरुवा रोपण गरिएको हो ।
यस्तै चार वटा कबुलियती वनहरुमा ६८ हजार अर्गेलीका बिरुवा रोपिएको छ । अर्गेली खेती क्रमशः फष्टाउँदै गएको, आधुनिक रुपमा प्रशोधन गरिएको अर्गेलीको लोक्ताले राम्रो मूल्य पाउन थालेका कारण कार्यालयले कृषकलाई बिरुवा वितरण गर्न थालेको डिभिजन प्रमुख राईले बताए ।
डिभिजन वन कार्यालयले जडीबुटी तथा वन पैदावार प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाको फालेलुङ गाँउपालिका–६ र फाल्गुनन्द गाउँपालिका–३ मा एक÷एक वटा जडीबुटी भण्डारण केन्द्र निर्माण गरेको छ । यस्तै एउटा वन पैदावारमा आधारित उद्योग सञ्चालन गृह निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण