रानू मण्डलबारे चर्चा बटुलिरहेका यी खबर हुन् झुटा
रानाघाट स्टेशनको कुनामा बसेर गीत गाउने रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । लता मंगेशकरको गीत गाइरहेको रानूको एउटा भिडियो यसरी भाइरल भयो कि उनी रातारात स्टार बनिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश रेशमियाले बिलउडमा डेब्यूको मौका पनि दिए । रानूले हिमेशको फिल्मको एउटा मात्रै नभई दुई दुईवटा गीत गाइसकेकी छिन् । यी खबर बीच रानूबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । तीमध्ये एक सलमान खानसँग पनि जोडिएको छ । केही मिडिया रिपोर्टले सलमानले रानू मण्डललाई ५५ लाखको फ्ल्याट उपहारस्वरुप दिएको दाबी गरिरहेका छन् ।
बलिउडका दबंग अर्थात् सलमान खान रानूसँग यति प्रभावित भएका थिए कि उनले रानूलाई महँगो फ्ल्याट उपहारमा दिएको बताइएको थियो । यद्यपि, यी खबरको कुनै आधार नभएको भारतीय मिडियाले दाबी गरिरहेका छन् । सलमान र रानू मण्डलको सम्बन्धबारे पनि निकै चर्चा चल्यो । तर हालै प्रकाशित विभिन्न रिपोर्टले यो खबरलाई झुटो बताइरहेका छन् ।
यस्तै, रानूले १५ लाखको कार खरिद गरेको पनि चर्चा थियो । साथै, रानूले बिग बसको अफर पनि पाएको खबर सुन्नमा आएको थियो । यी खबर पनि झुटो भएको विभिन्न रिपोर्टले बताएका छन् । यहाँसम्म कि उनको पारिश्रमिकसँग जोडिएका खबर पनि झुटो बताइएको छ । यद्यपि, रानूका आफन्तका अनुसार हिमेश रेशमियाले रानूको अत्यधिक मद्दत गरेका छन् ।
तर यसमा कुनै शंका छैन कि अत्यधिक गरिबीसँग जुधिरहेकी रानू अब स्टार बनिसकेकी छिन् । उनको चर्चा रातारात भएपनि त्यो उनको क्षमताका कारण सम्भव भएको हो । भिख मागेर पेट पाल्ने रानूको शक्ति उनको क्षमता बन्यो । उनलाई देखेर हिमेश रेशमियाले पनि भनेका छन्, ‘रानू मण्डललाई अब सुपर स्टार बन्नबाट कसैले पनि रोक्न सक्दैनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

