प्रेमिकाहरुको मन नदुखोस् भनेर एउटै मण्डपमा दुईजनासँग गरे विवाह, दाइजो पनि दिए
इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ ।
मुश्लिम बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् । यही कानूनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् ।
भाइस इन्डोनेशियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुबैको मन दुखेको हेर्न सक्दिनँ त्यसकारण यी दुबैलाई विवाह गर्ने निर्णय गरेँ ।’
उक्त भिडियो अगस्ट १७ मा पोस्ट गरिएको थियो । फोटो र भिडियोमा देखिए अनुसार दुलहा बीचमा बसेका छन् भने छेउछेउमा दुई दुलही छन् ।
इन्डोनेशियाको संस्कार अनुसार नयाँ दुलहाले आफ्ना दुई श्रीमतीलाई ०.७० डलर (लगभग ८० रुपैयाँ) दाइजो पनि दिए । आफ्नो दायाँ बसेकी श्रीमतीलाई उक्त रकम दिएर दुई जनालाई बाँड्न भने ।
फोटो र भिडियोमा गम्भीरदेखि रोचक र हास्यास्पद प्रतिक्रिया आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण