बेहोस बनाएर बलात्कार गर्ने एक जना पक्राउ
राजविराज - सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन् ।
बालिकालाई नशालु पदार्थ मिसिएको फ्रुटी खान दिई बेहोस बनाएर राजविराजको शहीद दर्शनचोकबाट बैष्णवी काली मन्दिर नजिक रहेको कल्टुदास पोखरीको डिलमा लगेर बलात्कार गरेको आरोपित आसमानले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए ।
बलात्कारपछि आरोपितले बिहीबार राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिकाले रुदै घटनाबारे आमालाई बताएकी थिइन् । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, ठेगाना बताउन नसकिरहेका बेला सम्भावित व्यक्तिहरुको तस्वीर र फेसबुकबाट पीडितले पहिचान गरेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण