जनकपुरधाममा भोली सार्वजनिक विदा
जनकपुर– मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो ।
महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छिन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ आइरहेको छ । गणेश चतुर्थी अर्थात चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार विदा दिने जनाएका छन् ।
चौठचन्द पर्वमा महिलाहरुले व्रत गरि नयाँ चामलबाट बनाइएका विभिन्न परिकारका पकवानहरुहरु बनाएर अबेर बेलुकाको विभिन्न ५ किसिमका लफुल हातमा राखेर चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ । चौठचन्द पर्वमा महिलाहरु भने दिनभर निराहार रहेर श्रद्धापूर्वक चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकारहरु पकवानहरु बनाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण