वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी
मङ्गलबार, १७ भदौ २०७६, १२ : २५
बुटवल। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।
वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ , त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण