ऋषिपञ्चमीको पूजा गरी सकियो तीज, तस्विरमा हेर्नुहोस्
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ ।
ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ ।
यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन्।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन। सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ।

ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।
यस उपलक्ष्यमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लाग्छ। मन्दिरमा पूजा-आराधनाका लागि लामो लाईन बस्नुपर्ने हुनाले कतिपय महिला घरैमा ब्राह्मण बोलाई पूजा थन्क्याउने गर्छन। पञ्चमीको पूजा थन्क्याएपछि तीजको सम्पूर्ण व्रत सकिन्छ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण