डेंगु नियन्त्रणका लागि प्रयास जारीः मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि प्रयास जारी रहेको जनाएकी छिन् ।
भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको चितवनमा डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने पनि बताइन् ।
उनले जिल्लामा किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको बताउँदै आवश्यक परे थप किट उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।
अहिले हरेक घर, गाडी ग्यारेज, बसपार्क सबैतिर पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरेको र बिरामीहरुलाई थप असर नहुने गरी उपचारलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएको उनले बताइन् ।
साे क्रममा तीन नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले देशभर डेंगुको अवस्था र यसको न्यूनीकरणका लागि गर्नु पर्ने पहल र प्रयासका बारेमा विवरण प्रस्तुत गरे ।
देशभरिको तथ्यांक हेर्दा तीन नम्बर प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ । तीन नम्बर प्रदेशमा १ हजार १ सय ९० जनामा संक्रमण देखिएको छ ।
तीन नम्बर प्रदेशमध्ये चितवन सबैभन्दा बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ । चितवनमा ६२३ जनामा संक्रमण देखिएको र ३ जनाको मृत्यु भइसकेको छ ।
कार्यक्रममा सरुवा रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा संघीय सरकार स्वास्थ्य मन्त्रालयका अधिकारी र प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण